काठमाडौँ, जेठ ७ – पोखरा विमानस्थल निर्माणमा उठेका प्रश्न र सम्भावित भ्रष्टाचारबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकपछि समितिका सभापति ऋषिकेश पोखरेलले विमानस्थल निर्माणको क्रममा देखिएको अनियमितता र भ्रष्टाचार सम्बन्धी प्रश्नहरूको छानबिन गर्न अख्तियारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।
उनले भने, “समिति छानबिन गर्ने निकाय होइन, त्यसैले अख्तियारलाई छानबिनको जिम्मा दिनु परेको हो।”
यसअघि सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा बनेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आशंका उठाउँदै प्रतिवेदन पेस गरेको थियो। त्यसैको आधारमा लेखा समितिले अख्तियारलाई छानबिनको निर्देशन दिएको हो।
यो प्रकरण सार्वजनिक भएपछि विमानस्थल निर्माणमा देखिएको पारदर्शिताको अभाव र जिम्मेवार निकायहरूको भूमिकामाथि प्रश्न उठ्न थालेका छन्।