काठमाडौं, जेठ ९ – चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न भएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पाँचवटा मुद्दामा अभियोजन गर्न प्रहरीले सिफारिस गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार बुझाएको अनुसन्धान प्रतिवेदनमा प्रसाईंमाथि राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग तथा संगठित अपराधको अभियोग लगाइएको छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई पनि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव तथा संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको छ।
प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ। तीमध्ये १८ जना फरार रहेको र बाँकी ९० जना पक्राउ परेका वा हाजिर जमानीमा छुटेका रहेका छन्।
प्रहरीका अनुसार तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि भएको र त्यसले सार्वजनिक सुरक्षामा गम्भीर असर पु¥याएको दाबी गरिएको छ।