रास्वपा सचिव वदन भण्डारीमाथि कपनमा आक्रमण


रास्वपा सचिव वदन भण्डारीमाथि कपनमा आक्रमण
  • नवकिरण
  • भाद्र १९, २०८२

काठमाडौँ, भदौ १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभाग सचिव वदन भण्डारीमाथि कपनस्थित प्रगति चोकमा गएराति आक्रमण भएको छ।

भण्डारीका अनुसार नम्बर प्लेट छोपेर आएका तीन जनामध्ये दुई जनाले रड प्रहार गर्दा उनी घाइते भएका छन्। टाउकोमा चोट लागेर करिब १० टाँका लगाउनुपरेको उनले जानकारी दिएका छन्।

आक्रमणकारीले उनको गाडीमा समेत तोडफोड गरेका छन्। भण्डारीले नारी टिभीलाई दिएको एक अन्तरवार्तापछि आफू निरन्तर धम्कीको निशानामा रहेको दाबी गरेका छन्। केही दिनअघि अज्ञात व्यक्तिहरू आफ्नो कार्यालयमै आएर आफूविरुद्ध सोधपुछसमेत गरेको उनले बताए।