नयाँ बसपार्क नजिक तेस्रो लिंगीको शव फेला, पहिचान हुन सकेन


नयाँ बसपार्क नजिक तेस्रो लिंगीको शव फेला, पहिचान हुन सकेन
  • नवकिरण
  • मंसिर ७, २०८२

काठमाडौं, मंसिर ७ – टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै शनिबार दिउँसो एक तेस्रो लिंगीको शव फेला परेको छ। तन्नाले बेरेर पोको पारिएको अवस्थामा भेटिएको उक्त शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सनाखत नभएकाले अनुसन्धानमा चुनौती थपिएको छ। घटनास्थलमा सूचना पाएपछि प्रहरी टोली पुगेको थियो र मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

शवमा हतियार प्रहार वा टुक्रा–टुक्रा पारिएको जस्तो कुनै चिन्ह नदेखिए पनि घटनालाई शंकास्पद मान्दै प्रहरीले हत्या भएको सम्भावनामा अनुसन्धान अघि बढाएको छ।

शव को हुन् र घटनाको कारण के हो भन्नेबारे थप प्राविधिक परीक्षण तथा बयान संकलनको काम भइरहेको प्रहरीले बताएको छ।