गोरखामा रास्वपा नेताको सवारी साधनमा तोडफोड, दोषीमाथि कारबाहीको माग


गोरखामा रास्वपा नेताको सवारी साधनमा तोडफोड, दोषीमाथि कारबाहीको माग
  • नवकिरण
  • माघ २, २०८२

गोरख, माघ २ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रमका लागि गोरखा आएका नेता प्रकाश चन्द्र परिवारको सवारी साधन आज बिहान गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका–३ मा तोडफोड गरिएको छ।

उक्त घटनालाई पार्टीले अत्यन्त निन्दनीय र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कार्यको रूपमा लिएको छ। रास्वपाका अनुसार यस किसिमका गतिविधिले राजनीतिक अभियानलाई त्रसित बनाउने र असहज वातावरण सिर्जना गर्ने उद्देश्य झल्किन्छ।

यस्ता घटनाहरू देशभर दोहोरिन नदिन सबै राजनीतिक शक्ति तथा सरोकारवाला निकायले संयमता, एकता र सुरक्षा सचेतनाका साथ भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ। पार्टीले कानुनको शासनप्रति प्रतिबद्धता जनाउँदै घटनामा संलग्न दोषी पहिचान गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।