बालेनको काठमाडौंस्थित निवासको गेट तोडफोड, चोरीको आशंकामा प्रहरी अनुसन्धानमा


बालेनको काठमाडौंस्थित निवासको गेट तोडफोड, चोरीको आशंकामा प्रहरी अनुसन्धानमा
  • नवकिरण
  • माघ १७, २०८२

काठमाडौं, माघ १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित निवासको गेटमा तोडफोड भएको पाइएको छ। घटनापछि प्रहरीले चोरीको आशंकामा अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल तोडेको हो। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले गेट फुटाइएको जानकारी प्राप्त भएपछि घटनास्थलको निरीक्षण गरी अनुसन्धान अघि बढाइएको बताए।

प्रारम्भिक रूपमा चोरी गर्ने उद्देश्यले गेट तोडिएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि, घरभित्रबाट कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा यकिन भइसकेको छैन।

झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका बालेन हाल कर्णाली प्रदेशमा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। घटनाको समयमा घरमा को–को थिए भन्ने र सम्भावित क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।