हेटौँडामा प्रदेश युवा सम्मेलन, सातै प्रदेशका युवाको सहभागिता


हेटौँडामा प्रदेश युवा सम्मेलन, सातै प्रदेशका युवाको सहभागिता
  • नवकिरण
  • बैशाख २७, २०८२

हेटौँडा, वैशाख २७ – बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबार (वैशाख २८) देखि हेटौँडामा तीनदिने प्रदेश युवा सम्मेलन सुरु हुँदैछ।

नीति निर्माण, सिप, उद्यमशिलता र प्रविधिमा युवाको भूमिका र अवस्थाबारे छलफल हुने सम्मेलनमा सातै प्रदेशबाट ३०० भन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहनेछ।

परिषद्का अनुसार परिषद् नभएका प्रदेशबाट मन्त्रालयको सिफारिसमा, परिषद् भएका प्रदेशबाट प्रतिनिधिहरू, साथै १५० जना अनलाइनमार्फत सहभागी हुनेछन्।

कार्यक्रममा प्यानल छलफल, कार्यशाला गोष्ठी, सीपमूलक प्रशिक्षण, हाइकिङ, सांस्कृतिक झाँकी तथा घोषणापत्र जारी गरिने जनाइएको छ।