आज जेठ २८ गतेको राशिफल यस प्रकार रहेको छ;
🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आध्यात्मिकतर्फ रुचि बढ्नेछ। कार्यक्षेत्रमा गल्तीको विश्लेषण गर्ने समय रहेको छ। अवसर पाउनका लागि केही त्याग गर्नुपर्ला। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। आजको शुभ रंग: रातो, शुभ अंक: ८।
🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पुराना मित्रहरूसँग भेटघाट र रमाइलो समय बित्नेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको शुभ रंग: गुलाबी, शुभ अंक: २।
👯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रचनात्मक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापार व्यवसायमा धैर्य एवं मेहनतले राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग: निलो, शुभ अंक: ४।
🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि विश्वासपात्र वा जानकारको सल्लाह अवश्य लिनुहोला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग: सेतो, शुभ अंक: २।
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुलाई प्रभावित पार्न फजुल खर्चदेखि बच्नुहोस्। रोकिएका कार्य प्रारम्भ हुनेछन्। व्यक्तिगत वा गोपनीय जानकारीहरू बाहिर उजागर गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग: बैजनी, शुभ अंक: ४।
👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
समाजमा पद प्रतिष्ठा बढ्नेछ साथै कुनै सामाजिक संगठनमा जुड्ने अवसर मिल्नेछ, जो भविष्यको लागि लाभदायी रहला। आफन्तहरूको सहयोगले नयाँ आशा दिलाउनेछ। आजको शुभ रंग: हरियो, शुभ अंक: ४।
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर मिल्नेछ। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग: सेतो, शुभ अंक: ७।
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कार्यक्षेत्रमा एकपछि अर्को अवसर हात लाग्नाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग: केशरी, शुभ अंक: ५।
🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तहरूसँग रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग: पहेलो, शुभ अंक: ६।
🐊 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धामा विजय मिल्नेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। सानो प्रयासले ठूलो कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग: खैरो, शुभ अंक: ७।
🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि परिवारसँग सल्लाह लिनुहोस्। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। आजको शुभ रंग: हल्का निलो, शुभ अंक: ८।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ कार्यतर्फ अग्रसर हुने समय रहेको छ। टाढाका आफन्तहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। सानोतिनो त्यागले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग: खैरो, शुभ अंक: १।