आज असार ५ गतेको राशिफल


आज असार ५ गतेको राशिफल
  • नवकिरण
  • अषाढ ५, २०८२

आज असार ५ गतेको राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंका लागि जीवनका विभिन्न पक्षहरूमा नयाँ मोड ल्याउने समय हो। विगतका कतिपय असफल योजनाहरूलाई पुनः सक्रिय गर्ने अवसर मिल्नेछ। मनमा चलिरहेको कुनै दुविधा हटेर प्रष्ट दृष्टिकोण स्थापित हुनेछ। अध्ययन, अनुसन्धान र बौद्धिक क्रियाकलापमा लाग्न चाहनेहरूका लागि आजको दिन विशेष फलदायी रहन सक्छ। पारिवारिक जिम्मेवारीमा थोरै बोझ बढे पनि आफन्त र साथीहरूको साथ सहयोग रहनेछ। विशेषगरी दाजुभाइ वा साथीहरूसँग मिलेर कुनै योजना अघि बढाउन सफल भइनेछ। वैदेशिक सम्पर्क विस्तार गर्ने सोचमा हुनुहुन्छ भने आजबाट नै सुरुवात गर्न सक्नुहुन्छ। आर्थिक पक्ष पनि क्रमशः सुदृढ हुँदै जानेछ। कतिपयलाई अचानक कुनै पुरानो रोकिएको रकम फिर्ता आउने संकेत पनि देखिन्छ। तर खर्चमा पनि वृद्धि देखिएकोले अत्यधिक फजुल खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। कामकाजी क्षेत्रमा आत्मविश्वास र लगनशीलता बढ्नेछ, जसका कारण सहकर्मीहरूबाट पनि सम्मान प्राप्त हुनेछ। प्रेम जीवनमा पुरानो मतभेद अन्त्य हुने संकेत देखिन्छ, खुलेर कुरा गरेर सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गर्नु राम्रो हुनेछ। स्वास्थ्य सामान्य नै रहनेछ, तर पुरानो कुनै समस्याले बीचबीचमा सताउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ। मनमा नयाँ ऊर्जा र आशा जाग्ने समय हो। नयाँ कार्यको थालनीका लागि पनि अनुकूल समय भएकाले भविष्यका लागि योजनाबद्ध रूपमा अघि बढेमा राम्रो लाभ मिल्नेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। मनोकामना पूरा गर्ने दिशामा आजको दिन महत्वपूर्ण सावित हुनेछ।

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज वृष राशि भएकाहरूका लागि विशेष आत्मविश्वास र धैर्यको आवश्यकता रहनेछ। विशेषगरी विगतका केही अपूरा कामहरू आजबाट पूरा हुने संकेत देखिन्छ। आफ्ना योजना र योजनाबद्ध कार्यशैलीलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने मौका प्राप्त हुनेछ। तपाईंको निर्णय क्षमता र तार्किक सोचले आज धेरैलाई प्रभावित पार्नेछ। सामाजिक क्षेत्र, व्यावसायिक जीवन र व्यक्तिगत सम्बन्धमा नयाँ उत्साह जाग्नेछ। आर्थिक दृष्टिले हेर्दा नयाँ आम्दानीका स्रोतहरू फेला पार्न सक्नुहुन्छ। लामो समयदेखि रोकिएको कुनै योजना अघि बढ्नेछ। कुनै सम्पत्ति वा कागजी कार्यमा फसिरहनु भएको छ भने आज केही राहत पाउने सम्भावना देखिन्छ। व्यापार वा व्यवसायमा नयाँ साझेदारको प्रवेशले फाइदा पुर्याउनेछ। पारिवारिक जीवनमा आज सन्तुलन कायम राख्नु पर्नेछ। आमा वा परिवारका जेठाजस्ता सदस्यहरूसँग कुनै विषयमा विचार मिल्न सक्दैन, तर तपाईंकै प्रयासले वातावरणलाई सकारात्मक बनाउन सकिनेछ। प्रेम सम्बन्धमा पनि केही भावनात्मक उतारचढाव आउन सक्छ। प्रेममा रहेको असमझदारीलाई संवादमार्फत समाधान गर्ने प्रयास गर्नु पर्नेछ। स्वास्थ्य सामान्य रहनेछ। मानसिक थकान वा शरीरका केही भागमा पीडा महसुस हुन सक्छ, तर समयमै विश्राम लिएमा समस्या गम्भीर बन्नेछैन। धार्मिक र सामाजिक कार्यहरूमा सक्रिय भई मनलाई शान्त राख्न सकिनेछ। परिश्रम र धैर्यका साथ अघि बढेमा सफलताको ढोका खुल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

 

मिथुन राशिका जातकहरूका लागि आजको दिन जीवनका विविध क्षेत्रमा सकारात्मक परिणाम ल्याउने समय हो। सामाजिक र व्यावसायिक क्षेत्रका जिम्मेवारीहरू आज थप बढ्नेछन्, जसले गर्दा केही दबाब पनि महशुस हुनेछ। तर आत्मविश्वास बलियो हुने भएकाले जटिल समस्याहरू समाधान गर्दै अघि बढ्न सकिनेछ। आर्थिक पक्ष सुदृढ हुँदै जानेछ। विगतका आर्थिक समस्याहरू बिस्तारै समाधान हुने संकेत देखिन्छ। कुनै व्यापारिक वा लगानीसम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा हुनुहुन्छ भने, अनुभवीको सल्लाह लिएर अघि बढ्नु राम्रो हुनेछ। नयाँ योजना र सम्भावनाका ढोकाहरू खुल्नेछन्। पारिवारिक सम्बन्धमा पनि सुधार आउनेछ। लामो समयदेखि घरभित्र चलिरहेको कुनै समस्या समाधान हुने संकेत छ। प्रेम जीवनमा पनि नयाँ आशा र विश्वास जाग्नेछ। प्रेमसम्बन्धमा रहेका मनमुटाव हटाएर सम्बन्धलाई मजबुत बनाउन सकिनेछ। अविवाहितहरूका लागि नयाँ सम्बन्ध प्रारम्भ गर्ने उपयुक्त समय हो। शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ, तर मानसिक थकान वा चिन्ताले केही असर पार्न सक्छ। व्यस्त दिनचर्याबाट विश्राम लिनु आवश्यक हुनेछ। नयाँ ठाउँ घुम्न जाने वा साथीहरूसँग समय बिताउने मौका मिल्नेछ। नयाँ सम्पर्कहरू विस्तार भई जीवनमा नयाँ अवसरहरू आउने सम्भावना प्रबल छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

कर्कट राशि हुनेहरूका लागि आजको दिन केही उतारचढावयुक्त रहनेछ। विशेष गरी आर्थिक पक्षमा खर्च बढ्ने सम्भावना छ। अनावश्यक खरिद वा योजना बिना खर्च गर्दा पछुतो मान्नु पर्ने परिस्थिति आउन सक्छ। त्यसैले सोचेर खर्च गर्नु बुद्धिमानी हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। बुवाआमाको स्वास्थ्यप्रति विशेष ध्यान दिनु पर्ने देखिन्छ। घरभित्रका सदस्यहरूसँग भावनात्मक रूपमा नजिकिनु आवश्यक छ। प्रेम जीवनमा अलिक अस्थिरता देखिन सक्छ। तर्क वा बहसभन्दा पनि धैर्य र समझदारी अपनाउनु राम्रो हुनेछ। व्यावसायिक क्षेत्रमा चुनौतीहरू आए पनि तपाईंकै मेहनत र लगनले सफलता सुनिश्चित हुनेछ। विशेषगरी नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने अझ तयारी गरेर मात्र अघि बढ्नु उचित हुनेछ। विद्या र ज्ञानको क्षेत्रमा लाग्न चाहनेहरूका लागि समय सकारात्मक छ। परिश्रम अनुसार सफलता हात लाग्नेछ। स्वास्थ्य पक्षमा पेटसम्बन्धी समस्याले सताउन सक्छ, खानपान र आराममा विशेष ध्यान दिनु पर्नेछ। मानसिक तनाव कम गर्न ध्यान वा योग गर्न सकिन्छ। यात्रा गर्ने योजना छ भने योजना बनाएर मात्रै अघि बढ्नु उचित हुनेछ। आजको दिन धैर्य, समझदारी र सतर्कताका साथ बिताउनु पर्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

आज सिंह राशि हुनेहरूका लागि विशेष उर्जाशील र सफलताको संकेत बोकेको दिन हो। विगतका प्रयासहरूको प्रतिफल प्राप्त गर्ने सम्भावना छ। विशेषगरी नेतृत्व क्षमता र प्रभावशाली व्यक्तित्वका कारण सामाजिक र व्यावसायिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आर्थिक पक्ष पनि सबल रहनेछ। कुनै महत्वपूर्ण व्यापारिक वा आर्थिक सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ। वैदेशिक कारोबार वा सम्पर्कमा पनि लाभ मिल्नेछ। खर्च पनि केही बढ्ने देखिन्छ, तर त्यसको प्रतिफल सकारात्मक हुने भएकाले चिन्ता लिनु पर्दैन। पारिवारिक वातावरण खुशीमय रहनेछ। आफन्त र नजिकका साथीहरूसँग समय बिताउने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। प्रेम प्रस्ताव गर्न चाहनेहरूका लागि राम्रो समय हो। पुराना मनमुटावलाई बिर्सेर सम्बन्धमा नयाँ ऊर्जा ल्याउन सकिनेछ। स्वास्थ्य पक्षमा सामान्य सुधार आउनेछ। कुनै लामो समयदेखि सताइरहेको रोगबाट छुटकारा पाउने सम्भावना पनि देखिन्छ। धार्मिक कार्य वा सामाजिक सेवा जस्ता काममा मन लगाउनु मन शान्त राख्ने उपाय हुनेछ। नयाँ ज्ञान हासिल गर्ने अवसर पनि आउनेछ। दिनभरि नयाँ जोश र उमंगले भरिपूर्ण रहने समय हो।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

 

आज कन्या राशि भएकाहरूका लागि आत्मविश्लेषण र योजना बनाउने दिन हो। विगतमा गरेका केही गल्तीहरूलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। विशेष गरेर कामकाजी क्षेत्रमा योजनाबद्ध र अनुशासित ढंगले अघि बढ्नु पर्नेछ। जति परिश्रम गर्नुहुन्छ, त्यस अनुसार प्रतिफल पाउने दिन हो। कार्यालय वा व्यवसायमा केही नयाँ कामको जिम्मेवारी आउने सम्भावना देखिन्छ। नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने धेरै जसो भागमा सफल हुने देखिन्छ। आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। हातमा आएको धन जोगाउन सक्नु भयो भने भोलिको दिनका लागि राम्रो हुनेछ। कुनै नयाँ योजना बनाएर मात्रै खर्च गर्ने बानी बसाल्नु राम्रो हुनेछ। घरभित्रका जिम्मेवारीहरू पूरा गर्ने प्रयास गर्नुहोस्, परिवारका सदस्यहरूबाट साथ र समर्थन पाउनु हुनेछ। प्रेम सम्बन्धमा थोरै द्विविधा उत्पन्न हुन सक्छ। केहि कुरामा आपसी असमझदारी रहने देखिन्छ, तर स्पष्ट संवाद राखेर परिस्थिति सुधार गर्न सकिनेछ। प्रेममा रहेकोहरूका लागि गहिरो भावनात्मक क्षण आउन सक्छ, तर धैर्य र समझदारी आवश्यक छ। स्वास्थ्य पक्षमा सामान्य सतर्कता अपनाउनु राम्रो हुनेछ। विशेष गरी पेटसम्बन्धी समस्या वा छाला सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा सन्तुलन कायम राख्नु होला। धार्मिक वा ध्यान साधनामा केही समय खर्च गरेमा मानसिक शान्ति मिल्नेछ। समय व्यवस्थापन गरेर अघि बढेमा आजको दिन उपलब्धिपूर्ण बन्न सक्छ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

तुला राशि भएकाहरूका लागि आजको दिन आत्मविश्वासमा वृद्धि र कार्यक्षेत्रमा विशेष सफलता मिल्ने दिन हो। विगतमा गरेका प्रयासहरूको फल प्राप्त हुने समय आएको छ। सामाजिक जीवनमा प्रतिष्ठा बढ्नेछ। तपाईंका विचार र निर्णयहरूलाई अरूले पनि सम्मान गर्नेछन्। विशेष गरी कुनै नयाँ प्रोजेक्ट सुरु गर्ने सोचमा हुनुहुन्छ भने, आजको दिन उत्तम रहनेछ। आर्थिक पक्ष निकै सुदृढ देखिन्छ। विशेष गरी व्यवसायमा नयाँ साझेदारी वा नयाँ ग्राहकसँग सम्बन्ध स्थापित गर्ने सम्भावना छ। वैदेशिक कारोबार गर्नेहरूको लागि पनि सकारात्मक समाचार आउनेछ। अघिल्लो समयदेखि अड्किएको कुनै रकम फिर्ता हुने सम्भावना पनि देखिन्छ। पारिवारिक जीवनमा सौहार्दपूर्ण वातावरण रहनेछ। घरभित्र कुनै सदस्यको स्वास्थ्यमा सुधार आउनेछ। प्रेम जीवनमा आज नयाँ तरंग आउनेछ। प्रेम प्रस्ताव गर्ने वा नयाँ सम्बन्ध प्रारम्भ गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उपयुक्त छ। पहिलेका झगडाहरू बिर्सेर नयाँ शुरुवात गर्ने अवसर आउनेछ। स्वास्थ्य पक्ष सामान्य रहनेछ। शरीरमा थकान महसुस भए पनि मानसिक रूपमा खुशी र उत्साहित हुने समय हो। धार्मिक वा सामाजिक कार्यमा सहभागी भई मनलाई शान्त राख्न सकिनेछ। आजको दिन योजनाबद्ध र आत्मविश्वासका साथ अघि बढेमा जीवनका धेरै क्षेत्रमा सफलता मिल्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

वृश्चिक राशि भएकाहरूका लागि आजको दिन अलि जटिल र चुनौतीपूर्ण बन्न सक्छ। विशेष गरी कार्यक्षेत्रमा आकस्मिक जिम्मेवारी आइलाग्ने सम्भावना छ, जसले गर्दा केही तनाव र दबाब महसुस हुनेछ। तर धैर्य र लगनशीलताका साथ अघि बढेमा स्थितिहरू क्रमशः सहज हुँदै जानेछन्। आर्थिक पक्षमा नयाँ योजना बनाएर मात्र अघि बढ्नु बुद्धिमानी हुनेछ। अनावश्यक खर्च रोक्नु पर्ने समय आएको छ। पारिवारिक सम्बन्धमा पनि केही मतभेद हुन सक्छ। बुवाआमा वा जेठाहरूको स्वास्थ्यप्रति ध्यान दिनु पर्नेछ। सम्पत्ति वा पैतृक धनसम्बन्धी विषयमा विवाद हुने सम्भावना देखिन्छ। प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ। प्रेमीप्रेमिकासँग संवादमा स्पष्टता आवश्यक देखिन्छ। भावनामा बहकिनेभन्दा व्यवहारिक भएर निर्णय लिनु राम्रो हुनेछ। शारीरिक स्वास्थ्य पक्ष सामान्य रहनेछ, तर मानसिक तनाव वा अनिद्राले सताउन सक्ने सम्भावना छ। मनमा उत्पन्न भएको अस्थिरता हटाउन ध्यान वा योगजस्ता साधनहरूमा मन लगाउनु राम्रो हुनेछ। सामाजिक जीवनमा पनि केही आलोचना झेल्नुपर्ने हुन सक्छ, तर आफ्नो व्यवहार र काममा इमानदारी राखेर अघि बढेमा स्थिति सुधार हुँदै जानेछ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 

धनु राशि भएकाहरूका लागि आजको दिन विशेष उपलब्धिपूर्ण र सफलताको दिन हो। विगतमा गरेका योजना र प्रयासहरू आज मूर्तरूप लिन सक्छन्। सामाजिक र व्यावसायिक क्षेत्रमा तपाईंको क्षमता र प्रतिभाको कदर हुनेछ। विशेष गरी प्रशासनिक कामकाज वा सरकारी निकायसँग सम्बन्धित काम गर्न चाहनेहरूको लागि आजको दिन फलदायी रहनेछ। आर्थिक पक्ष निकै सबल देखिन्छ। नयाँ आम्दानीका स्रोतहरू खुल्नेछन्। वैदेशिक सम्पर्क र व्यापारको योजना बनाउनु भएको छ भने, आजबाट नै सुरुवात गर्न सक्नुहुन्छ। तर, धेरै ठूलो जोखिम लिनेभन्दा अनुभवीको सल्लाह लिएर मात्रै अघि बढ्नु बुद्धिमानी हुनेछ। पारिवारिक सम्बन्धमा मिठास आउनेछ। लामो समयदेखि टाढा रहेका आफन्तसँग भेटघाट हुने सम्भावना छ। प्रेम जीवनमा पनि नयाँ उत्साह र ऊर्जा आउनेछ। एक अर्काप्रति विश्वास र सम्मान बढ्ने समय हो। अविवाहितहरूका लागि पनि राम्रो प्रस्ताव आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ। शरीरमा उर्जा र उत्साह रहनेछ। धार्मिक वा आध्यात्मिक क्षेत्रमा सहभागी भएर मनलाई थप शान्त र स्थिर बनाउन सक्नुहुन्छ। अध्ययन, प्रतिस्पर्धा वा नयाँ तालिम सुरु गर्न चाहनेहरूको लागि पनि आजको दिन अनुकूल रहनेछ। सफलताको ढोका खुल्ने दिन हो, आत्मविश्वासका साथ अघि बढ्नुहोस्।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

मकर राशि भएकाहरूका लागि आजको दिन कर्मप्रधान र व्यस्त रहनेछ। विशेष गरी कार्यक्षेत्रमा नयाँ जिम्मेवारीहरू आउनेछ। परिश्रम गर्नुपर्छ, तर त्यसको प्रतिफल पनि सकारात्मक रहनेछ। आफ्नो प्रतिभा र दक्षताको प्रयोग गरी नयाँ सफलताका शिखर चुम्न सकिनेछ। सामाजिक र व्यावसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुने समय हो। आर्थिक पक्ष केही कमजोर देखिए पनि भावी दिनमा त्यसको सुधार हुँदै जाने संकेत देखिन्छ। खर्चलाई नियन्त्रण गर्नु पर्ने समय हो। कुनै पुरानो योजना पुनः सुरु गर्ने सोचमा हुनुहुन्छ भने, अब योजना बनाएर मात्रै अघि बढ्नु उचित हुनेछ। साझेदारीमा गरिएको व्यापारमा पनि लाभ मिल्नेछ। पारिवारिक जीवनमा भने केही उतारचढाव आउनेछ। घरभित्रका साना साना कुरामा असमझदारी वा विवाद हुन सक्छ। प्रेम जीवनमा पनि प्रेमीसँगको व्यवहारमा स्पष्टता आवश्यक देखिन्छ। आफ्नो मनको कुरा खुलेर राख्नुहोस्, सम्बन्धमा मिठास आउनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर तनाव र मानसिक दबाबले थकान महसुस गर्न सकिनेछ। खानपान र आराममा ध्यान दिनु पर्नेछ। धार्मिक वा आध्यात्मिक क्रियाकलापमा सहभागी भएर मनलाई स्थिर बनाउन सकिनेछ। नयाँ योजना र सोचका साथ अघि बढेमा सफलता निश्चित हुनेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

कुम्भ राशि भएका जातकहरूका लागि आज विशेष उपलब्धिपूर्ण दिन हो। विगतमा रोकिएका कामहरू अघि बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको योगदानको कदर हुनेछ। विशेष गरी नयाँ विचार र योजनाहरूका लागि आजको दिन उपयुक्त छ। सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चहरूमा तपाईंको धारणा र दृष्टिकोणलाई मान्यता प्राप्त हुनेछ। आर्थिक पक्ष पनि सबल देखिन्छ। कुनै नयाँ योजना सुरु गर्ने सोचमा हुनुहुन्छ भने आज बाट थालनी गर्नु राम्रो हुनेछ। वैदेशिक सम्पर्क वा व्यापार विस्तार गर्ने सोचमा हुनुहुन्छ भने पनि सफल हुने सम्भावना छ। अघिल्लो समयदेखि रोकिएको कुनै रकम हात पर्न सक्नेछ। पारिवारिक जीवनमा सौहार्दपूर्ण वातावरण रहनेछ। आफन्तहरूसँग मिलनसारिता बढ्नेछ। प्रेम जीवनमा नयाँ जोश आउनेछ। अविवाहितहरूका लागि विवाह प्रस्ताव आउने सम्भावना छ। प्रेममा रहेका व्यक्तिहरूका लागि सम्बन्ध अझ प्रगाढ बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ। शरीरमा स्फूर्तिको अनुभव हुनेछ। नयाँ ठाउँ घुम्न जाने योजना बनेको छ भने त्यसलाई कार्यान्वयन गर्न सकिनेछ। धार्मिक वा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढेमा सफलता निश्चित हुनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

 

मीन राशि भएकाहरूका लागि आजको दिन नयाँ सुरुवात र उपलब्धिको संकेत बोकेको छ। विशेष गरी विगतका अधुरा कामहरू पूरा गर्ने अनुकूल समय हो। आफ्नो क्षमता र दक्षताको सही प्रयोग गरेर नयाँ अवसरहरू प्राप्त गर्न सकिनेछ। अध्ययन, अनुसन्धान वा सिर्जनात्मक कार्यमा लाग्न चाहनेहरूको लागि आज विशेष फलदायी रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। पुराना ऋण वा उधारो रकम फिर्ता पाउने सम्भावना छ। व्यवसाय वा व्यापारमा पनि नयाँ अनुबन्ध वा सम्झौता हुने संकेत देखिन्छ। वैदेशिक कारोबार गर्नेहरूको लागि राम्रो समाचार सुन्न पाइनेछ। पारिवारिक वातावरणमा खुशी छाउनेछ। आफन्त र नजिकका साथीहरूसँग सम्बन्ध प्रगाढ बन्नेछ। प्रेम जीवनमा केही नयाँपन आउनेछ। प्रेमी वा प्रेमिकासँग भविष्यको योजना बनाउने समय हो। विशेष गरी विवाह गर्ने सोचमा हुनुहुन्छ भने अहिले प्रस्ताव राख्ने राम्रो समय हो। स्वास्थ्य सामान्य रहनेछ। मानसिक रूपमा केही अस्थिरता महसुस भए पनि ध्यान वा साधनामा समय बिताएमा मन शान्त हुनेछ। नयाँ ठाउँ घुम्न वा धार्मिक स्थलमा जाने योजना बनेको छ भने त्यसलाई कार्यान्वयन गर्नु उचित हुनेछ। आजको दिन आत्मविश्वास र नयाँ योजनासहित सफलताको दिशामा अघि बढ्ने समय हो।