आज साउन १३ गतेको राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन मेष जातकका लागि आत्मविश्वास, बौद्धिक स्पष्टता र योजनात्मक सोचले भरिएको रहनेछ। विगतमा बिझाएको कर्मको परिणाम आज सकारात्मक रूपमा फर्किन सक्छ। सामाजिक क्षेत्र वा कार्यक्षेत्रमा लामो समयदेखि ठप्प भएको कुरा पुनः ब्यूँतिनेछ। यदि तपाईं नेतृत्वको भूमिकामा हुनुहुन्छ भने अधीनस्थ कर्मचारी वा सहकर्मीबाट विश्वासको प्रत्याभूति पाइनेछ। प्रेमजीवनमा भने मन अलिक अस्थिर देखिन्छ – नजिकको व्यक्तिको बोली वा व्यवहारले चोट लाग्न सक्छ, यद्यपि त्यसको पछाडिको कारण बुझ्न सकेमा सम्बन्ध अझै प्रगाढ बन्न सक्छ। विवाहितहरूले जीवनसाथीको मनस्थिति बुझ्नुपर्ने दिन हो – असमझदारी बढ्न नदिन संवाद कायम राख्नु श्रेयस्कर हुन्छ। पारिवारिक वातारणमा आमा–बुबाको चिन्ता सताउनेछ, विशेषतः स्वास्थ्यप्रति सचेत रहनु पर्छ। कुनै दूर दराजबाट खबर आउनसक्छ जसले घरभित्रको योजना फेरबदल गराउनेछ। यात्राको सम्भावना रहेको छ – विशेषतः धार्मिक वा पारिवारिक आवश्यकताको सन्दर्भमा। शिक्षा र वैदेशिक प्रयासमा सफलता पाउने सम्भावना छ, तर प्रक्रिया लामो हुन सक्छ। मानसिक रूपले कहिले काहीँ गहिरो थकान महशुस हुनेछ, तर त्यो आत्मसमीक्षा र आत्मनविकरणको समय पनि हुन सक्छ। आर्थिक दृष्टिले दिन मध्यम रहनेछ – कुनै नयाँ लगानी वा साझेदारीमा लाग्नु अघि विश्वस्त योजना बनाउनु राम्रो हुनेछ। स्वास्थ्य पक्षमा टाउको दुख्ने, रगतचाप असामान्य हुने, वा निद्राको समस्या देखिन सक्छ। खानपानमा सन्तुलन र समय व्यवस्थापनले धेरै कुरा सुल्झाउन सक्छ।
वृष (उ, वा, वि, वु, वे, वो, क, कि, कु)
आजको दिन वृष राशि भएका व्यक्तिहरूका लागि आत्ममूल्याङ्कन र धैर्यको पाठ सिकाउने दिन हो। बाहिरी दुनियाँले अपेक्षा राखेझैँ तपाईं चल्न नसक्ने अवस्था आउन सक्छ, तर त्यो तपाईंको कमजोरी होइन, तपाईँको अलग विचार र मौन संघर्ष हो – जसलाई बाहिरी आँखाले बुझ्न सक्दैन। कार्य क्षेत्रमा आज केही असहजता र गलतफहमिको स्थिति बन्न सक्छ। खासगरी सहकर्मी वा सघाउने व्यक्तिको मनस्थिति बुझेर अघि बढ्नु ठीक हुन्छ। पुराना असम्झदारीको गाठो फुकाउने अवसर छ, तर त्यसका लागि पहल तपाईँबाट हुनुपर्छ। प्रेम जीवनमा एकोहोरोपन देखिन सक्छ। मनमा रहिरहने तर अभिव्यक्त नहुने भावना गह्रौँ बोझ बन्न सक्छ। कसैको बेवास्ता वा उदासीनताले आत्मसम्मानलाई ठेस लाग्न सक्छ। यस्तो बेलामा आत्ममूल्यका कुरामा ध्यान दिनु बुद्धिमत्ता हुनेछ – आफूलाई प्रेम गर्न सिक्नुहोस्। घरपरिवारको हेरचाहमा आज विशेष समय खर्चिनुपर्नेछ। आमाबाबु वा अभिभावक वर्गसँग कुनै भावनात्मक संवाद हुने सम्भावना छ, जसले विगतको केही घाउ सम्हाल्न मद्दत पुर्याउन सक्छ। आर्थिक पक्ष आज स्थिर देखिन्छ – आम्दानीभन्दा खर्चको पक्ष बलियो नदेखिए पनि अनावश्यक फजुल खर्च गर्नुहुँदैन। ऋण तिर्ने वा घरायसी जिम्मेवारी पूरा गर्ने विषयले मनमा भारीपन ल्याउन सक्छ। कुनै नयाँ स्रोतको बारेमा जानकारी प्राप्त हुनेछ जुन भविष्यमा फलदायी हुन सक्छ। स्वास्थ्य पक्षमा आज ग्यास्ट्रिक, हाडजोर्नी वा घाँटीको समस्या देखिन सक्छ। मौसमअनुसारको खानपान र पानी पिउने बानीमा विशेष ध्यान पुर्याउनुहोस्। शिक्षा र वैदेशिक योजनामा अलिक ढिलाइ देखिए पनि अवसर बाँकी नै छ – हार मान्नु हुँदैन। मनको एक्लोपनलाई सिर्जनामा बदल्ने अभ्यास गर्नुहोस् – तपाईँमा त्यो शक्ति छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आजको दिन अनेक पक्षमा सम्भावनाहरूले भरिएको भए पनि मानसिक रूपमा द्विविधा रहिरहनेछ। तपाईं आफैँभित्र द्वन्द्वमा हुनुहुन्छ – एकातिर जिम्मेवारीको बोझ, अर्कातिर आत्मासन्तुष्टिको खोज। यी दुईबीचको सन्तुलन मिलाउन कठिनाई हुनेछ। पेसागत क्षेत्र वा अध्ययनमा सकारात्मक अवसर आइपर्ला, तर तपाईंको ध्यान केन्द्रित हुन नसक्ने सम्भावना छ। तपाईँको विचारको चञ्चलता निर्णयमा ढिलाइ ल्याउन सक्छ। त्यसैले आजको दिन ‘पक्का नहुन्जेल नबोल्ने, नसोधी नगर्ने’ नीति अपनाउनु बुद्धिमानी हुनेछ। प्रेम जीवनमा भने अप्रत्याशित किसिमको संकेत देखिन्छ – कोही पुरानो व्यक्ति फिर्ता आउने, वा नयाँ आकस्मिक प्रेम प्रस्ताव आउने सम्भावना छ। यद्यपि त्यसप्रति भावुक नहुनु उत्तम हुनेछ। स्थायित्वभन्दा भावनामा बग्ने दिन हो आज। पारिवारिक सम्बन्धमा चित्त नबुझेको प्रसंग उठ्न सक्छ – विशेषतः दाजुभाइ वा दिदीबहिनीसँग टाढिने खालको वाणी प्रयोग नगर्नु होला। यो समय शान्त भई सुन्ने र बुझ्ने हो, प्रतिक्रिया कम दिने। आर्थिक पक्षमा आज अचानक खर्च बढ्न सक्छ – प्रविधि, शिक्षा वा दानपुण्यतर्फ। यस्ता खर्च भविष्यमा तपाईंको नाममा जोडिनेछ, तर अहिले लगानीपूर्वक सोच्नुपर्ने समय हो। स्वास्थ्यमा श्वासप्रश्वास, एलर्जी वा चिसो-तातोको असर पर्न सक्छ। सामाजिक प्रतिष्ठा बढ्ने दिन हो, तर संयमता आवश्यक छ। वैदेशिक योजनामा आज खबर आउने सम्भावना छ – त्यसलाई बुझ्न ध्यान केन्द्रित गर्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएकाहरूको लागि आजको दिन आत्मीय सम्बन्ध र पारिवारिक समर्पणमा केन्द्रीत हुनेछ। हिजोसम्म अड्किएको पारिवारिक योजना फेरि जीवन्त हुने सम्भावना छ। तपाईंले लिएको कुनै भावनात्मक निर्णय आज ठिक थियो भन्ने पुष्टि हुनसक्छ। यद्यपि, कामकाजी क्षेत्र वा आर्थिक जिम्मेवारीको विषयमा आज केही दबाब आउने देखिन्छ। विशेषतः घरको खर्च, अभिभावकको स्वास्थ्य वा शिक्षा सम्बन्धी खर्चले मानसिक बोझ बढाउन सक्छ। तपाईँको धैर्य र सहिष्णुतामाथि परीक्षाको घडी छ। प्रेम जीवनमा मन थकित देखिन्छ – तपाईंले धेरै माया दिइरहँदा प्रतिफलको अभावले मनमा निराशा छाउनेछ। त्यसैले आज प्रेमभन्दा आत्मसम्बोधन आवश्यक हुनेछ। विवाहितहरूका लागि जीवनसाथीको सल्लाह अमूल्य हुनेछ – सुन्ने बानीले सम्बन्ध सुदृढ हुनेछ। शिक्षा र अध्ययनमा केन्द्रित हुन गाह्रो हुने दिन हो, तर यदि तपाईं सिर्जनशील काममा हुनुहुन्छ भने लेखन, चित्रकला, सङ्गीत जस्ता क्षेत्रमा अचम्मको ऊर्जा आउन सक्छ। वैदेशिक सम्बन्ध वा यात्रा योजनामा परिवर्तन आउनेछ – कतै जानुपर्ने कार्यक्रम रद्द हुने सम्भावना छ। शारीरिक रूपमा आँखा, ग्याष्ट्रिक समस्या वा रगतचापसम्बन्धी समस्या सताउने देखिन्छ। ध्यान, ध्यान र ध्यान – यही उपचार हो आजका लागि।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएकाहरूका लागि आज आत्मदृढता र स्वाभिमानको दिन हो। तपाईंले धेरै कुरामा आत्मसंयम र सहिष्णुता देखाइसक्नुभयो – अब परिणाम उठाउने समय आएको छ। कार्यालय, राजनीति वा कुनै संस्थामा तपाईंको सल्लाहलाई गम्भीरतापूर्वक लिइनेछ। पारिवारिक जिम्मेवारी भने अझै बाँकी छ – विशेष गरी बुज्रुकको सल्लाहलाई बेवास्ता गर्दा तनाव आउन सक्छ। विवाहयोग्यको लागि वैवाहिक प्रस्ताव आइपर्न सक्छ, तर यो समय परीक्षण गर्ने हो, तुरुन्त निर्णय गर्ने होइन। प्रेम जीवनमा सुखद क्षण आउन सक्छ, खासगरी पहिलेका असमझदारीहरू आज बिस्तारै गल्ने संकेत छ। सम्बन्धमा भावनात्मक न्यानोपन र संवादको नयाँ लहर चल्नेछ। एकल जीवन बिताइरहनु भएकाहरूका लागि कतै मन लाग्ने पात्र देखिन सक्छ। आर्थिक दृष्टिकोणले दिन उत्कृष्ट रहन सक्छ – नयाँ साझेदारी, म्युचुअल इन्वेष्टमेन्ट वा कुनै परामर्शदाताको सल्लाह अनुसार गरिने कामले लाभ दिलाउन सक्छ। यद्यपि ‘दोस्रोपटक’ नपढी कागजमा सही नगर्नु होला। स्वास्थ्यमा दाँत, टाउको वा ज्वरोसाम्बन्धी स-साना समस्या देखिए पनि ठूलो चिन्ताको विषय होइन। योग, फिटनेस वा बिहानको शुद्ध विचारले तपाईंको दिन शुभ बनाउन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिका लागि अन्तर्मुखी ऊर्जा सक्रिय रहनेछ। तपाईंको मन धेरै गहिरो कुरामा भुलिरहनेछ – विगतका सम्झनाहरू, कसैप्रति गरिएको अन्याय, वा आफूले पाएको बेवास्ताको भावना। यस्ता कुराहरूलाई आत्मदर्शनका रूपमा प्रयोग गर्न सक्नुभयो भने धेरै कुरा चिटिक्क मिल्नेछ। कामकाजी जीवनमा कुनै नयाँ प्रस्ताव आउन सक्छ, तर त्योसँग जटिलता पनि बाँधिएर आउनेछ – निर्णय गर्नुभन्दा पहिले एउटा वृद्धसँग सल्लाह गर्नु बुद्धिमानी हुनेछ। पारिवारिक सम्बन्ध आज भावनात्मक रूपमा समृद्ध बन्नेछ – विशेष गरेर आमा वा मातृपक्षका आफन्तसँग आत्मीय संवाद हुनेछ। प्रेममा भने अलिक असुरक्षा आउनेछ, खासगरी कुनै तेस्रो पक्षले तपाईंको सम्बन्धमा प्रश्न उठाउन सक्छ। तर तपाईंको मौनता नै उत्तर बन्नेछ। शिक्षा, यात्रा वा अध्ययनका लागि विदेश जाने सोच बनाउँदै हुनुहुन्छ भने आज योजनामा नयाँ मोड आउनेछ – सम्भवत: नसोचेको अवसर, स्कलरशिप वा जागिरको प्रस्ताव आउन सक्छ। स्वास्थ्यको हिसाबले पेट, छालाको एलर्जी वा निद्रासम्बन्धी गडबडी देखिन सक्छ। यस्ता लक्षणलाई उपेक्षा गर्नु हुँदैन। बानी परिवर्तन आवश्यक छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंको भित्री सौन्दर्य र विवेकको चमक आज झन् उज्यालो बन्नेछ। तुला राशि भएका व्यक्तिहरूका लागि आजको दिन सम्बन्ध र सन्तुलनको महत्त्वमा केन्द्रित हुनेछ। आफन्त वा पुराना मित्रसँग मनको गहिराइ साटासाट हुनेछ, तर त्यहाँ आत्मसम्मानको लडाइँ पनि लुकेको हुन सक्छ – संवादको शैलीमा चतुर हुन आवश्यक छ। कार्यक्षेत्रमा आज तपाईंको निर्णय क्षमताको परिक्षा हुनेछ – उपेक्षित भएको परियोजना वा कुनै विवादास्पद विषयमा तपाईंको भनाइ निर्णायक बन्न सक्छ। न्याय र सत्यप्रति अडिग रहन सकेमा सफलता सुनिश्चित हुनेछ। प्रेमजीवनमा चिताएको व्यवहार नपाउँदा निराशा हुने समय हो, तर भावनात्मक उतारचढावमा बग्नु हुँदैन। मनका कुरा छातीमै राखेर हिँड्नुभन्दा सिधा बोलेर निचोडमा पुग्नु श्रेयस्कर हुनेछ। विवाहितले आज जीवनसाथीसँग पुराना यादमा रमाउन सक्ने सम्भावना छ। पारिवारिक जिम्मेवारीले तपाईंलाई व्यस्त बनाउनेछ – विशेषतः सन्तान वा भाइबहिनीको समस्या समाधानमा तपाईंको भूमिका देखिनेछ। त्यसले घरभित्र तपाईंको स्थान झनै बलियो बनाउनेछ। आर्थिक पक्षमा स्थायित्व देखिए पनि अनावश्यक विलासितापूर्ण खर्च बढ्न सक्छ। बैंकिङ प्रक्रिया, अनलाइन कारोबार वा कानुनी कागजातहरूमा सावधानी अपनाउनु आवश्यक छ। स्वास्थ्यमा ग्याष्ट्रिक, रगतचाप वा मानसिक दबाबको असर देखिन सक्छ। ध्यान, संगीत वा प्रकृतिसँगको सान्निध्यले सन्तुलन ल्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज वृश्चिक जातकहरूका लागि भावनाको गहिराइ र कार्यक्षमताको परिक्षा हुने दिन हो। तपाईंको मौनता, तपाईँको दृष्टिकोण, र तपाईँको भित्री आवेग कसैको आँखाबाट लुकेर पनि देखिनेछ। यो समय दृढताका साथ आफ्नो सीमाना निर्धारण गर्ने हो। कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्छ, विशेषतः कुनै संवेदनशील कामको नेतृत्व तपाईंलाई दिइन सक्छ – जसलाई सफलतापूर्वक सम्पन्न गर्नु चुनौतीपूर्ण हुन्छ, तर तपाईं त्यसका लागि सक्षम हुनुहुन्छ। प्रेममा भने आज अलिक कठोर निर्णयको संकेत देखिन्छ। असन्तुलित सम्बन्धमा निर्णायक मोड आउन सक्छ – टुट्ने वा पुनर्निर्माण दुवै सम्भावना छ। प्रेममा बाँधिनुभन्दा पहिले स्वतन्त्रताको मूल्य बुझ्नु आजको पाठ हो। पारिवारिक सम्बन्धमा व्यवहारिक कुरालाई प्राथमिकता दिनु पर्नेछ – विशेष गरी दीर्घकालीन सम्पत्ति वा गुनासोहरू समाधान गर्नुपर्ने अवस्था आउन सक्छ। दाजुभाइ वा आफन्तबीचको असमझदारीमा तपाईंले मध्यस्थता गर्नु पर्ने हुन सक्छ। आर्थिक क्षेत्र आज गतिशील देखिन्छ – कुनै रोकिएको पैसा फिर्ता आउने, वा विगतको लगानी लाभदायक हुने संकेत छ। तर साथसाथै अनावश्यक लेनदेनबाट बच्नुपर्छ। स्वास्थ्यमा स्नायुगत समस्या, कम्मर दुख्ने वा मानसिक तनाव देखिन सक्छ – आफूलाई विश्राम दिनु जरुरी छ। अति नै गहिरो सोचाइले मानसिक थकान दिनेछ, त्यसैले सरल र हलुका कुरामा मन लगाउनु उपयुक्त हुनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
धनु राशि भएकाहरूका लागि आजको दिन ठूलो सोच, गहिरो सपना र भविष्यप्रतिको आत्मविश्वासले भरिएको दिन हो। तपाईं लामो समयदेखि योजना बनाउँदै आएको कुनै काममा सशक्त प्रगति देख्नुहुनेछ। पेसागत जीवनमा तपाईंको विचार र दूरदृष्टिले अरूलाई प्रभावित पार्नेछ – विशेषतः शिक्षा, धर्म, अनुसन्धान, वा लेखन क्षेत्रमा काम गर्नेहरूका लागि आज विशेष फलदायी दिन बन्न सक्छ। प्रेम जीवनमा केही अप्रत्याशित कुरा खुल्नेछ – कसैप्रति तपाईँको धारणा फेरिन सक्छ। प्रेममा आदर्शको खोजले तपाईंलाई कहिले काहीँ खालीपन दिन सक्छ, त्यसैले व्यवहारिक दृष्टिकोण आवश्यक हुनेछ। पारिवारिक माहोलमा खुसीको झिल्को आउन सक्छ – लामो समयपछि सबैजना मिलेर बसेको अनुभव मिल्नेछ। विशेष गरी नजिकका नातेदारसँग सम्बन्ध सुधार हुने दिन हो। आर्थिक पक्षमा आज कुनै उत्साहजनक समाचार आउन सक्छ – बिदेशमा बस्ने आफन्तबाट सहयोग मिल्ने, वा रोकिएको रकम हात पर्न सक्छ। यद्यपि, खर्चतर्फ सजग हुनुपर्छ – तपाईंको उदार स्वभावले बिनाजरूरी ठाउँमा पैसा सकिन सक्छ। स्वास्थ्यमा टाउको दुख्ने, आँखाको समस्या वा निद्रामा असर देखिन सक्छ। आजको दिनमा मानसिक रूपमा रिल्याक्स हुने कुनै गतिविधि गर्नुभए राम्रो – घुमफिर, पुस्तक वा ध्यान लाभदायी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर जातकका लागि आज व्यावहारिकता, धैर्य र उत्तरदायित्वको दिन हो। तपाईंको कठोर श्रम, अनुशासन र समयपालन आज तपाईंलाई अरूको आँखामा भरोसायोग्य बनाउनेछ। पेसागत क्षेत्रमा आज कुनै ठूला निर्णय गर्नुपर्ने समय आउन सक्छ – विशेषतः आर्थिक योजना, स्टाफ व्यवस्थापन वा नीतिगत परिवर्तनको सन्दर्भमा। तपाईंको गम्भीरता र तटस्थ विचारले विवाद सुल्झाउनेछ। प्रेम सम्बन्धमा आज भावनाको गहिरो परीक्षण हुनेछ। तपाईं चाहनुहुन्छ कि सम्बन्ध स्थायीत्वतर्फ जाओस्, तर अर्को पक्ष अझै स्पष्ट छैन। संवाद नगरेर कुराको गाठो नबनाउनु राम्रो – खुला मनले कुरा गर्दा समाधानको बाटो खुल्छ। पारिवारिक जिम्मेवारी धेरै हुने दिन हो। कुनै सदस्यको स्वास्थ्य वा शिक्षा सम्बन्धी विषयले तपाईंको समय र ऊर्जा खपत गर्न सक्छ। तपाईंको मौन सेवा नै घरको खम्बा बन्न सक्छ। आर्थिक रूपमा स्थिर दिन हो – नयाँ लगानी गर्ने हो भने परामर्श लिई मात्रै गर्नुहोस्। पुरानो बचत फोड्नु पर्ने स्थिति आउन सक्छ, तर त्यसबाट ठूलो काम बन्नेछ। स्वास्थ्यमा हाडजोर्नी, घाँटी दुख्ने वा मानसिक थकान देखिन सक्छ। तपाईं आफूलाई निको पार्न जान्नुहुन्छ – त्यसैले केहीबेर आफैँका लागि समय छुट्याउनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि भएका व्यक्तिहरूका लागि आज कल्पना, बुद्धिमत्ता र सामाजिक उत्तरदायित्वको अद्भुत समिश्रण रहनेछ। तपाईंले हिजोसम्म ध्यान नदिएको कुरामा आज अनायास ध्यान जान्छ, जसले जीवनमा नयाँ दृष्टिकोण ल्याउनेछ। पेसागत क्षेत्रमा तपाईंको सृजनात्मक सोच वा नवीन कार्यशैलीको प्रशंसा हुनेछ – तर कहिलेकाहीँ ‘अर्काको कुरै नसुन्ने’ स्वभावले टीमवर्कमा असहजता ल्याउन सक्छ। सहकार्यलाई सम्मान दिनु आवश्यक छ। प्रेम जीवनमा मित्रता र मनको जडता बीच द्वन्द्व रहन सक्छ – तपाईं कसैप्रति गहिरो महसुस गर्दै हुनुहुन्छ, तर त्यो अभिव्यक्त गर्ने भाषा अझै भेटिएको छैन। एकपल्ट आफ्नो मनमा हेर्नुहोस्, उत्तर त्यहीं लुकेको छ। पारिवारिक सम्बन्धमा खासै ठूला उतारचढाव देखिन्न, तर विशेषतः टाढा रहेका सदस्यसँग अचानक भावनात्मक कुराकानी हुने सम्भावना छ। आर्थिक विषयमा सतर्कता आवश्यक छ – तपाईँले विश्वास गरेका मानिससँगको लेनदेनमा सावधानी अपनाउनु राम्रो हुन्छ। घाटाको डर छैन, तर ढिलाइको सम्भावना छ। स्वास्थ्यमा आज मनस्थितिमा चञ्चलता आउनेछ – चाँडै खुसी र चाँडै निराश हुने सम्भावना। यसका लागि ध्यान, प्रकृतिमा समय बिताउने वा सिर्जनशील काममा मन लगाउनु लाभदायक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन मीन राशि भएकाहरूका लागि भावुकता, आध्यात्मिक चेतना र आत्मनिरीक्षणको दिन हुनेछ। तपाईंलाई नबोलेर धेरै कुरा महसुस हुन्छ – यही गुणले आज तपाईंको भित्री यात्रा सुरु गर्नेछ। कामकाजी जीवनमा आज तपाईंको अनौठो सोच वा अलग धारणा प्रभावशाली बन्न सक्छ – विशेषतः अनुसन्धान, चिकित्सा, शिक्षा वा सेवा क्षेत्रमा रहेकाहरूले नयाँ किसिमको सम्मान पाउनेछन्। प्रेम जीवनमा पनि तपाईं बढी भावना प्रधान देखिनुहुन्छ – एकतर्फी माया, गहिरो सोच वा वियोगको अनुभवले आजको दिनलाई शान्त बनाउनेछ। तर यही मौनता, तपाईंलाई प्रेमको गहिरो अर्थ सिकाउनेछ। पारिवारिक जीवनमा कुनै पुरानो सम्झना वा विगतको प्रसङ्गले मन भावुक बन्न सक्छ – यस्तो स्थितिमा मन थाम्न कठिन होला, तर आँसु पनि कहिलेकाहीँ उपचार हुन्छ। घरमा विशेषतः नानीबाबु वा ज्येष्ठ सदस्यसँग समय बिताउन मन लाग्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ – कुनै नयाँ योजना तुरुन्त सुरु गर्नुको सट्टा तयारी र रिसर्चमा समय दिनु उचित हुन्छ। स्वास्थ्यमा पेटको समस्या, रक्तचाप, वा अनिद्राको लक्षण देखिन सक्छ – तर तपाईंलाई ध्यान र अध्यात्मिक साधनाले शक्ति दिनेछ। आजको दिन तपाईंको आत्मा केही गहिरो कुरासँग संवादमा हुनेछ।