शेख हसिनाका छोरा सजीव वाजेद जोयले लिए अमेरिकी नागरिकता


शेख हसिनाका छोरा सजीव वाजेद जोयले लिए अमेरिकी नागरिकता
  • नवकिरण
  • जेष्ठ २, २०८२

वासिङ्टन डीसी, जेठ २ – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले अमेरिकी नागरिकता लिएका छन्। उनले वासिङ्टन डीसीमा आयोजित समारोहमा शपथ लिएका हुन्।

जोयसहित सो कार्यक्रममा २२ जना सहभागी थिए, जसमा तीन जना बंगलादेशी मूलका थिए। हालको सरकारद्वारा बंगलादेशी राहदानी रद्द भएपछि जोयले अमेरिकी राहदानी लिनुपरेको बताइएको छ।

विद्यार्थी आन्दोलनपछि आमा शेख हसिना भारतमा शरण लिएर बसेकी छन्। जोय सूचना प्रविधिका विज्ञसमेत हुन्।