पूर्वपश्चिम राजमार्ग अवरुद्ध, डाइभर्सन बगाउँदा साना सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


पूर्वपश्चिम राजमार्ग अवरुद्ध, डाइभर्सन बगाउँदा साना सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
  • नवकिरण
  • जेष्ठ २९, २०८२

नवलपरासी, असार २९ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्किवासमा आएको बाढीका कारण डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार आज बिहान आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो। “बाढी अझै रोकिएको छैन, त्यसैले तत्कालै आवागमन सुचारु गर्न सकिने अवस्था छैन,” डीएसपी नेपालले जानकारी दिए।

डाइभर्सन बगाएपछि साना तथा यात्रुवाहक सवारी साधनलाई वैकल्पिक रूपमा होङ्सी गेट हुँदै सर्दीतर्फको बाटो प्रयोग गर्न भनिएको छ।

यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो क्षेत्रको नयाँ पुल ढलान भइसकेको छ। आउँदो असारको दोस्रो सातादेखि पुल सञ्चालनमा ल्याउने योजना रहेको पनि उनले जानकारी दिए।

राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका यात्रुहरू प्रभावित भएका छन् भने ट्राफिक प्रहरी र सम्बन्धित निकायले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।