रुपन्देही कारागारमा रविको कोठाबाट प्लाइउड हटाई जाली जडान


रुपन्देही कारागारमा रविको कोठाबाट प्लाइउड हटाई जाली जडान
  • नवकिरण
  • श्रावण २९, २०८२

काठमाडौं, साउन २९ – रुपन्देही कारागारले संगठित सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा रहेका प्लाइउड हटाएर जाली जडान गरेको जनाएको छ।

कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई सुरक्षात्मक कारण छुट्टै बन्दी कोठामा राखिएको छ, जहाँ शौचालय, टेलिफोन र भेटघाट सुविधा प्रारम्भदेखि नै उपलब्ध छन्। झ्यालमा प्लाइउड प्रयोग गरिएकोबारे उठेका प्रश्नपछि त्यसलाई हटाएर जाली राखिएको उनले स्पष्ट पारे।

हाल रुपन्देही कारागारमा २५० जनाको क्षमतामा ६४० कैदीबन्दी रहेका छन्। क्षमताभन्दा धेरै बन्दी भए पनि उपलब्ध स्रोत साधन प्रयोग गरेर कानुनअनुसार सेवा सुविधा प्रदान गरिरहेको कारागार प्रशासनले जनाएको छ।