काठमाडौं, भदौ २० – दशैं–तिहारमा घर फर्कन चाहने वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक हवाई टिकटको अस्वाभाविक मूल्यवृद्धिबाट पीडित भएका छन् ।
मलेसिया, कुवेत, साउदी र कतारबाट नेपाल आउने टिकट सामान्य भन्दादोब्बर–तेब्बर महँगो भएको यात्रुले बताएका छन् । कतिपय श्रमिकले एक महिनाअघि ४०–५० हजारमै टिकट काटे पनि अहिले डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ ।
श्रमिकहरूले वायुसेवा कम्पनीहरूले ‘डिमान्ड बढी’ भन्दै मनपरी मूल्य असुल्ने गरेको र नियामक निकाय मौन बसिरहेको आरोप लगाएका छन् ।
उनीहरूले दशैं–तिहार लक्षित ‘विशेष उडान’ सञ्चालन गरी सस्तो टिकट उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।