जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भए ओली


जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भए ओली
  • नवकिरण
  • आश्विन ७, २०८२

काठमाडौं, असोज ७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो मौनतापछि सार्वजनिक भएका छन्।

भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा मंगलबार नेता तथा कार्यकर्तासहित ओली देखिएका हुन्। भेटघाटका क्रममा उनीसँग कार्यकर्ताहरूले फोटो खिचाए पनि ओलीले कुनै टिप्पणी गरेनन्।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका घटनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली त्यसयता सार्वजनिक भएका थिएनन्। आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनीले ठूलो जनधनको क्षति भएपछि उनले पदत्याग गरेका थिए।

ओलीको राजीनामापछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरिसकेको छ। आगामी २१ फागुनमा नयाँ चुनाव हुने मिति तोकिएको छ।