मन्त्री पुनले भने– ‘शिक्षकको तलब रोक्नेहरू दण्डित हुन्छन्’


मन्त्री पुनले भने– ‘शिक्षकको तलब रोक्नेहरू दण्डित हुन्छन्’
  • नवकिरण
  • आश्विन ११, २०८२

काठमाडौँ, असोज ११ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैँ–तिहारको समयमा शिक्षकहरूको तलब रोकेर अन्याय गर्ने विद्यालय र पालिकामाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत शिक्षकहरूले तलब नपाएको गुनासो आएको भन्दै अब ढिलासुस्ती सहन नहुने बताए। उनका अनुसार शिक्षा मन्त्रालयले तलब सम्बन्धित विद्यालय र पालिकामा पठाइसकेको भए पनि कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले जानाजानी रोकिरहेका छन्।

‘भोलिसम्ममा शिक्षकले तलब पाउनैपर्छ,’ मन्त्री पुनले भने, ‘यदि कसैले अवरोध गर्‍यो भने सम्बन्धित प्रधानाध्यापक वा पालिकालाई कानुनअनुसार कारबाही हुन्छ।’

उनले स्थानीय सरकारलाई समेत सचेत गराउँदै शिक्षकको तलब वितरणमा अनावश्यक बाधा नपुर्‍याउन आग्रह गरेका छन्।