प्रतिनिधि सभा निर्वाचनका लागि एमाले आज दल दर्ता गर्दै


प्रतिनिधि सभा निर्वाचनका लागि एमाले आज दल दर्ता गर्दै
  • नवकिरण
  • मंसिर ९, २०८२

काठमाडौं, मंसिर ९ – आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले आज निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदैछ।

दलको निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार उम्मेदवारी प्रक्रियाको औपचारिक सुरुवात गर्न आयोगमा दर्ता निवेदन पेश गरिनेछ।

एमालेले यसअघिको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराइसकेको थियो। तर प्रतिनिधि सभा निर्वाचनका लागि भने दर्ता प्रक्रिया बाँकी रहेको थियो। आयोगले दल दर्ताका लागि बुधबारसम्म समय तोकेको छ।

दर्ता प्रक्रियासँगै एमालेले आगामी निर्वाचनमा आफ्नो सहभागिता औपचारिक बनाउने तयारी गरेको बुझिएको छ।