मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने तयारीमा


मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने तयारीमा
  • नवकिरण
  • पौष २८, २०८२

काठमाडौँ, पुस २८ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने योजनासहित उनले राजीनामा दिन लागेको जानकारी स्रोतले दिएको छ ।

बालेनको सचिवालयका एक सदस्यका अनुसार राजीनामा दिने निर्णय अन्तिम चरणमा पुगेको छ । ‘माघ ५ गते राजीनामा दिने कुरा तय भइसकेको छ,’ ती सदस्यले बताए ।

राजीनामा पश्चात् बालेन निर्वाचन तयारीका लागि झापा–५ क्षेत्रतर्फ जाने तयारीमा छन् । उनी सो क्षेत्रबाट चुनाव लड्ने विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफलमा रहेको स्रोतको दाबी छ ।

बालेनको सम्भावित उम्मेदवारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्चा सुरु भएको छ ।