“गोली पहिले चलेको, त्यसपछि मात्र सिंहदरबार जलेको हो” – सुदन गुरुङ


“गोली पहिले चलेको, त्यसपछि मात्र सिंहदरबार जलेको हो” – सुदन गुरुङ
  • नवकिरण
  • माघ १२, २०८२

काठमाडौं, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेको र त्यसपछि मात्र सिंहदरबारमा आगजनी भएको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै गुरुङले तत्कालीन सरकारले आन्दोलनरत युवामाथि गोली चलाएपछि स्थिति नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। उनका अनुसार मानवीय क्षति भएपछि मात्रै संरचनामा आगजनी भएको हो।

“गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो,” उनले लेखेका छन्, “पहिले बच्चाहरू ढले, त्यसपछि मात्रै संरचना बलेको हो।”

गुरुङले घटनाक्रमलाई उल्टो ढंगले व्याख्या गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै यथार्थ स्मरण गर्न चेतावनीसमेत दिएका छन्।

उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।