सहकारी प्रकरण : रविविरुद्ध उजुरी नदिएको भन्दै बचतकर्ताहरूको खुलासा


सहकारी प्रकरण : रविविरुद्ध उजुरी नदिएको भन्दै बचतकर्ताहरूको खुलासा
  • नवकिरण
  • जेष्ठ २, २०८२

बुटवल, जेठ २ – सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पूरक उजुरी दिएको भनिएका बचतकर्ताहरूले आफूहरूले उजुरी नदिएको दाबी गरेका छन्।

तिलोत्तमाकी पूजा न्यौपाने, नारायण पहराई र गीता आचार्यले सामाजिक सञ्जालमार्फत आफूहरूलाई प्रहरी प्रशासनले रविविरुद्ध अनुमतिविनै प्रयोग गरेको जनाएका छन्। पहराईले लेखेका छन्, “बचत फिर्ताको माग मात्र गरेको हुँ, रविविरुद्ध किटानी उजुरी दिएको छैन।”

रुपन्देही अदालतबाट धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालतको आदेशपछि कारागार चलान गरिएको हो। रास्वपा नेताहरूले रविविरुद्ध राजनीतिक पूर्वाग्रह देखिएको आरोप लगाउँदै आएका छन्।

यस घटनाले प्रहरीले पीडितको नाम प्रयोग गरेर जबर्जस्ती मुद्दा जोडेको भन्ने शंका पैदा गरेको छ।