हेटौँडा, जेठ ५ – बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन आज बिहान ११ बजेबाट सुरु हुँदैछ। बैठकको विशेष समयमा दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ।
बैठकमा चलचित्रसम्बन्धी विधेयक र चार विधेयकका प्रतिवेदन पेस हुने सचिवालयले जनाएको छ। तर विपक्षी दलहरूले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने अडान लिएपछि संसद् सञ्चालनमा अन्योल देखिएको छ।
सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि मुख्यमन्त्री शालिकराम जमरकट्टेलले छुट्टाछुट्टै रूपमा दलका नेतासँग संवाद थालेका छन्। तर सहमति जुट्न नसकेकाले बैठक अघि बढ्ने सम्भावना न्यून देखिन्छ।