काठमाडौं, जेठ १५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको मागसहित बिहीबार राजधानीमा सुरु भएको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर सहभागी हुने भएका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरू आन्दोलनपछि संघीय संसदमा बजेट भाषणमा सहभागी हुने कार्यक्रम छ।
प्रमुख सचेतक शाहीले सांसदहरू आन्दोलन र संसद दुवैमा सहभागी हुने जानकारी दिए। दिउँसो २ बजे आन्दोलन सुरु हुने र ३ बजे संसदमा बजेट भाषण हुने भएकाले उनीहरू बीचमै आन्दोलन छाडेर संसद जानेछन्।
‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा सुरु भएको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी तथा हिन्दुवादी संगठनहरूको सहभागिता छ।