काठमाडौँ, जेठ २८ – नेकपा माओवादी केन्द्रले संसद अवरुद्ध स्थिति समाधानका लागि तयार पारेको दुई बुँदे सहमति ड्राफ्टमा नेकपा एमालेले सहमति जनाएको छ।
एमालेका सचिव योगेश भट्टराईले बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो जानकारी दिएका हुन्।
भट्टराईका अनुसार, माओवादीको प्रस्तुत ड्राफ्टमा एमालेले पूर्ण समर्थन जनाएको छ, तर तेस्रो साझेदार रास्वपा अझै असहमत रहेको जानकारी उनले दिए। रास्वपाले दिएका आफ्नै नीलोड्राफ्टमा भने एमालेले असहमति जनाएको उनले बताए।
भट्टराईले प्रतिपक्षी दलले साझा धारणा बनाउने समय माग गरेकाले संसदको आजको बैठक स्थगित गरिएको र फेरि बिहीबार दिउँसो ३ बजेका लागि बस्ने व्यवस्था मिलाइएको बताए ।