रास्वपासँग आरोप–प्रत्यारोप हुँदैन : प्रचण्ड


रास्वपासँग आरोप–प्रत्यारोप हुँदैन : प्रचण्ड
  • नवकिरण
  • जेष्ठ ३०, २०८२

काठमाडौं, जेठ ३० – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै ढंगले अघि बढेपनि आफूहरूसँग कुनै आरोप–प्रत्यारोप नहुने बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले रास्वपाको अडानका कारण केही समय उनीहरू छुट्टै बाटो लागेपनि माओवादी केन्द्र र रास्वपाबीच मूलभूत विषयमा खासै फरक नरहेको प्रस्ट पारे।

उनले भने, “रास्वपाले आफ्नो ढंगले जाने भन्ने कुरा हो, तर हामीबीच कुनै द्वन्द्व वा आरोप–प्रत्यारोपको अवस्था छैन।”

यसअघि शुक्रबार नै भिजिट भिसा प्रकरणसम्बन्धी मुद्दामा माओवादी केन्द्रसहित सत्तारुढ दलहरूबीच दुई बुँदे सहमति भएको थियो। तर सो सहमतिप्रति रास्वपाले असहमति जनाएको छ।