विदेश पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ


विदेश पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ
  • नवकिरण
  • श्रावण १३, २०८२

काठमाडौं, साउन १३ – वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने चार जना व्यक्तिहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ३५ वर्षीय सुजन बिक, सर्लाही चक्रघट्टाका ३४ वर्षीय सतेन्द्र अधिकारी, सोलुखुम्बुका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका–७ का ४१ वर्षीय राज नारायण महतो रहेका छन्।

प्रहरीका अनुसार सुजन बिकले जापान पठाइदिने भन्दै एक व्यक्तिबाट ८ लाख ५० हजार रुपैयाँ असुलेका थिए। त्यस्तै, सतेन्द्र अधिकारीले ९० हजार, नविन खड्काले ३ लाख र राज नारायण महतोले कुवेत पठाउने नाममा २ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए।

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अङ्गुर जिसीले जानकारी दिए।

प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सजक रहन सर्वसाधारणलाई आग्रह गरेको छ।