जनकपुरधाममा पत्रकारमाथि आक्रमणविरुद्ध सञ्चारकर्मीको धर्ना


जनकपुरधाममा पत्रकारमाथि आक्रमणविरुद्ध सञ्चारकर्मीको धर्ना
  • नवकिरण
  • भाद्र १, २०८२

जनकपुरधाम, भदौ १ ५ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकारमाथि भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरूले विरोध प्रदर्शन गरे। उनीहरूले घटनामा संलग्न वकिलहरूविरुद्ध कारबाहीको माग गरेका छन्।

साउन २७ गते, गुठी संस्थानबाट लिजमा लिएको जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको थियो। यस क्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा ६ जना वकिलविरुद्ध किटानी जाहेरी दिइए पनि अहिलेसम्म कारबाही नहुँदा पत्रकार महासंघ धनुषाले धर्ना दिएको हो।