फेसबुकले नेपालमा सूचीकरणमा देखायो चासो


फेसबुकले नेपालमा सूचीकरणमा देखायो चासो
  • नवकिरण
  • भाद्र १९, २०८२

काठमाडौं, भदौ १९ – सरकारले निष्क्रिय गर्ने सूचीमा परेका सामाजिक सञ्जालमध्ये ‘हाम्रो पात्रो’ बन्द नहुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ‘हाम्रो पात्रो’ ह्वाइट लिस्टमा समावेश भइसकेको हुँदा तत्काल बन्द नहुने पक्का भएको हो।

यसैबीच, फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा सूचीकरणबारे औपचारिक चासो देखाएको मन्त्रालयले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयले नेपाल सरकारसँग आवश्यक कागजातबारे सम्पर्क गरिसकेको छ र मन्त्रालयले त्यसमा प्रतिक्रिया पनि पठाइसकेको छ।

तर उनले भने, “यस आधारमा मेटाका अन्य प्लेटफर्महरू स्वतः ह्वाइट लिस्टमा जाने भन्ने छैन।”