जेनेरेशन जेडको आन्दोलनमा दुर्गा प्रसाईंको सहभागिता घोषणा


जेनेरेशन जेडको आन्दोलनमा दुर्गा प्रसाईंको सहभागिता घोषणा
  • नवकिरण
  • भाद्र २२, २०८२

काठमाडौँ, भदौ २२ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सक्रिय समर्थन जनाउने घोषणा गरेका छन् ।

सुशासनको माग र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनेरेशन जेड (Gen Z) समूहले आगामी सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा गर्ने प्रदर्शनमा उनी पनि सहभागी हुने भएका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रसाईंले देश र नागरिकलाई जोगाउने अभियानमा आफू सरिक हुने बताएका छन् । उनले आन्दोलनमा जोडिएका सबै नेपालीलाई धन्यवाद दिँदै, गत चैत १५ मा सरकारको दमन दोहोरिन नहुने चेतावनी समेत दिएका छन् ।

प्रसाईंले भ्रष्टाचारविरुद्धको यो महाअभियान सबै नेपालीको साझा आन्दोलन हो भन्दै युवापुस्ताको पहललाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।