धरान भाटभटेनीमा जलेको शव फेला


धरान भाटभटेनीमा जलेको शव फेला
  • नवकिरण
  • भाद्र २७, २०८२

धरान, भदौ २७ – भाटभटेनी सुपरस्टोरमा आगलागीपछि जलेको अवस्थामा एक जनाको शव फेला परेको छ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार सुपरस्टोरको माथिल्लो तलाबाट शव बरामद गरिएको हो। आज बिहान दमकलले आगो नियन्त्रणमा लिँदै गर्दा शव भेटिएको उनले बताए।

केही दिनअगाडि जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो। त्यसैबीच प्रहरीले आगलागीमा मानवीय क्षति समेत भएको पुष्टि गरेको हो।