काठमाडौं, भदौ २७ – शीतल निवास अगाडि शुक्रबार युवाहरूले प्रदर्शन गर्दै कुलमान घिसिङ र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले घिसिङलाई ‘उज्यालो नेपालका संवाहक’का रूपमा प्रस्तुत गर्दै ऊर्जा क्षेत्रमा देखाएको नेतृत्वको प्रशंसा गरेका थिए। त्यस्तै, साम्पाङलाई जनपक्षीय मेयर भन्दै उनको पक्षमा पनि नाराबाजी गरिएको थियो।
युवाहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन नेपाली सेना तयारी अवस्थामा रहेको र उनीहरूलाई रोक्न खोजिएको बताइएको छ।