काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
आइतबार बिहानै पार्टीको केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत उनले तीन बुँदामा असन्तुष्टि जनाउँदै रास्वपा छाड्ने घोषणा गरेकी हुन्।
श्रेष्ठले आफूलाई निरन्तर मिडिया ट्रायलको शिकार बनाइएकाे, आफ्ना विचारलाई पार्टीभित्र सुनुवाइ नभएको र काम गर्ने वातावरण नपाएको कारण पार्टीबाट अलग भएको बताएकी छन्।