सैनिक ब्यारेकबाट बाहिर आए पूर्वप्रधानमन्त्री ओली


सैनिक ब्यारेकबाट बाहिर आए पूर्वप्रधानमन्त्री ओली
  • नवकिरण
  • आश्विन २, २०८२

काठमाडौं, असोज २ – नेकपा (एमाले) का अध्यक्ष तथा हालैसम्मका प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकमा केही समय बिताएपछि शुक्रबार बाहिरिएका छन्।

जेन–जी आन्दोलनका क्रममा सुरक्षाका कारण उनलाई नेपाली सेनाले नियन्त्रणमा लिएर ब्यारेकमा राखिएको थियो। भदौ २४ देखि सैनिक निगरानीमा रहेका ओलीलाई आज बाहिर ल्याइएको हो।

स्रोतका अनुसार उनी भक्तपुरको गुण्डु सरेका छन्, जहाँका लागि भाडाको घर व्यवस्थापन गरिएको छ। यसअघि बालकोटस्थित ओलीको निवास आन्दोलनकारीले आगजनी गर्दा पूर्ण रूपमा क्षति पुगेको थियो।

ओलीलाई गुण्डु सार्ने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। बस्नेतले निकट भविष्यमा भव्य कार्यक्रममार्फत ओलीलाई सार्वजनिक उपस्थितिमा ल्याइने जानकारीसमेत दिएका छन्।