आगजनीपछिको कोइराला निवास अवलोकन गर्दै भावुक बने डा. शेखर


आगजनीपछिको कोइराला निवास अवलोकन गर्दै भावुक बने डा. शेखर
  • नवकिरण
  • आश्विन ४, २०८२

विराटनगर – जेनजी आन्दोलनका क्रममा आगजनीले क्षतिग्रस्त भएको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास शनिबार डा. शेखर कोइरालाले अवलोकन गरे । खण्डहर बनेको घर देख्दा उनी भावुक बने र भने, “यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रको धरोहर हो, यहींबाट फेरि उठ्छौं ।”

करीब १२० वर्ष पुरानो यो निवासबाटै कृष्णप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाले राजनीतिक यात्रा अघि बढाएका थिए । कांग्रेस नेतृ इन्दिरा कार्कीले यसलाई “कार्यकर्ताका लागि मन्दिर” जस्तै भएको बताइन् ।

आगजनीका क्रममा घरमा लुटपाटसमेत भएको थियो, तर चोरी भएको गाई भने विराटनगरमै भेटिएको छ । डा. कोइरालाले चुनावअघि नै पुनर्निर्माण गर्ने घोषणा गर्दै निर्वाचनमार्फत संविधानलाई सही मार्गमा फर्काउनुपर्ने बताए ।