काठमाडौँ, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।
आयोगमा पेश गरिएको निवेदनअनुसार उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ता गर्न चाहेका हुन्। आयोगले आवश्यक कागजातको प्रारम्भिक छानबिन सुरु गरेको जनाएको छ।
धरानको मेयर रहँदै खानेपानीलाई मुख्य एजेण्डा बनाएका साम्पाङले श्रमदानमार्फत धरानमा खानेपानी आयोजना अघि बढाएका थिए। सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहेका उनी आफ्नो भिन्न पहिचानका कारण चर्चामा रहने गरेका छन्।
जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयन प्रक्रियामा समेत साम्पाङ काठमाडौं आएका थिए। सरकारको नेतृत्व आफैं गर्न सक्ने दाबी गरे पनि अन्ततः उनी सरकारमा नसमेटिएपछि पुनः धरान फर्किएका थिए।