रास्वपाको सचिवालय बैठक आज


रास्वपाको सचिवालय बैठक आज
  • नवकिरण
  • आश्विन २२, २०८२

काठमाडौं, असोज २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ ।

बैठकमा आगामी कात्तिक १४ र १५ गते निर्धारित विस्तारित बैठकका एजेन्डा र तयारीबारे मुख्य छलफल हुने बताइएको छ । साथै, विपद् व्यवस्थापनमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उपाय, आगामी अभियान तथा सद्भाव यात्राको कार्यक्रमबारे समेत बैठकले समीक्षा गर्नेछ ।

रास्वपाले हाल देशभरका संगठन र कार्यकर्ताबीच समन्वय बढाउँदै आगामी गतिविधि सशक्त रूपमा अघि बढाउने तयारी गरेको छ ।