काठमाडौं, मंसिर १५ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुबा रामनारायण शाहको निधन भएको छ। मुटुमा समस्या देखिएपछि उपचाररत रहेका उनको सोमबार सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीका अनुसार रामनारायण शाहलाई हिजो बिहान अचेत अवस्थामा अस्पताल ल्याइएको थियो। स्वास्थ्य परीक्षणपछि उनको शरीरमा रगत जमेको पुष्टि भएको र तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ। तर अवस्था जटिल बन्दै गएपछि चिकित्सकले बचाउन नसकेको रेग्मीले बताए।
मेयर बालेनको सचिवालयले पनि बुबाको स्वास्थ्य अत्यधिक गम्भीर रहेकाले निरन्तर उपचार भइरहेको बताएको थियो। निधनको सूचना सार्वजनिक भएपछि शाह परिवार शोकमा डुबेको छ। मेयर बालेनले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।
