बालेनको चुनावी प्रचारमा रहेका पत्रकार दिनेश सिटौलाको असामयिक निधन


बालेनको चुनावी प्रचारमा रहेका पत्रकार दिनेश सिटौलाको असामयिक निधन
  • नवकिरण
  • माघ १८, २०८२

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा सहभागी चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।

ग्रान्डी अस्पतालले आइतबार दिउँसो १२:४५ बजे सिटौलाको निधन भएको पुष्टि गरेको छ। चलचित्र पत्रकार संघका पूर्व अध्यक्षसमेत रहेका उनी ४५ वर्षका थिए।

चुनावी प्रचारका सिलसिलामा अछाम पुगेका बेला सिटौला अचानक बेहोस भएपछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ।

स्वर्गीय सिटौलाको पार्थिव शरीरलाई आज दिउँसो २:३० देखि ३:०० बजेसम्म चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। उनी ‘फिल्म अनलाइन द सिनेमा टाइम्स’ का सञ्चालकसमेत थिए।