सप्तरीमा एमालेको झण्डा जलाएको आरोपमा निर्वाचन प्रहरी पक्राउ


सप्तरीमा एमालेको झण्डा जलाएको आरोपमा निर्वाचन प्रहरी पक्राउ
  • नवकिरण
  • फागुन ९, २०८२

सप्तरी, फागुन ९ – सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा नेकपा एमालेको चुनावी झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर राखिएको झण्डा निकालेर आगजनी गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा महदेवा गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डललाई नियन्त्रणमा लिइएको हो। स्रोतका अनुसार मण्डल निर्वाचन सुरक्षामा खटिएका प्रहरी नै भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी डिएसपी डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिए। उनले आवश्यक अनुसन्धान प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए।

प्रहरीले चाँडै पत्रकार सम्मेलन गरी घटनाको थप तथ्य सार्वजनिक गर्ने जनाएको छ।