काठमाडौँ, १९ जेठ – सोमबारका लागि तय गरिएको राजावादी समूहको प्रदर्शन स्थगित गरिएको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार, आज राजपरिवारका सदस्यहरूको हृदयविदारक निधन भएको दिन भएकाले देशभरि शोकको वातावरणलाई मध्यनजर गर्दै कुनै जुलुस, धर्ना वा आन्दोलनका कार्यक्रम नगर्ने निर्णय गरिएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै आज साँझ ६ बजे काठमाडौँको कमलादी गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने छ।
समितिले सबै देशभक्त नेपालीलाई सो कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरेको छ।