रवि लामिछानेको कटआउटमा राखी बाँधेर समर्थकद्वारा रिहाइको कामना


रवि लामिछानेको कटआउटमा राखी बाँधेर समर्थकद्वारा रिहाइको कामना
  • नवकिरण
  • श्रावण २४, २०८२

काठमाडौँ, साउन २४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा राजधानीको घण्टाघरमा शनिबार विशेष दृश्य देखियो । रक्षा बन्धनको अवसर पारेर उनका समर्थकहरूले रविको कटआउटमा राखी बाँधेर शुभकामना व्यक्त गरे ।

समर्थकहरूले रविलाई दाजुभाइको रूपमा मानेर राखी बाँध्दै उनको चाँडो रिहाइको कामना गरेका थिए । कार्यक्रममा एक ब्राह्मणले वैदिक मन्त्र उच्चारण गर्दै पूजापाठ पनि गरे । राखी बाँध्ने क्रममा केही समर्थकहरू भावुक भई रोएको दृश्यले वातावरणलाई थप संवेदनशील बनाएको थियो ।

यसरी कटआउटमार्फत रक्षा बन्धन मनाउने यो अनौठो पहलले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ ।