प्रधानमन्त्री ओलीको कटाक्षपछि मेयर बालेनको जवाफ : ‘सरी केपी ओली, म भ्रष्ट सिस्टमको साथ दिन सक्दिन’


प्रधानमन्त्री ओलीको कटाक्षपछि मेयर बालेनको जवाफ : ‘सरी केपी ओली, म भ्रष्ट सिस्टमको साथ दिन सक्दिन’
  • नवकिरण
  • जेष्ठ ५, २०८२

काठमाडौँ, जेठ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा अनुपस्थित रहेको विषयमा कटाक्ष गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रमासहित जवाफ दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको बैठकमा मेयर शाह अनुपस्थित रहेका थिए। बैठकमा उपमेयर सुनिता डंगोल सहभागी थिइन्। ओलीले बालेनको नाम नलिइकनै यस्तो महत्त्वपूर्ण बैठकमा राजधानीकै जनप्रतिनिधि अनुपस्थित हुनु उपयुक्त नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको टिप्पणीको जवाफमा मेयर शाहले फेसबुकमार्फत ‘सरी केपी ओली’ भन्दै आफूले भ्रष्ट सिस्टमलाई साथ दिन नसक्ने स्पष्ट पारेका छन्।

शाहले लेखेका छन्, “जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सबै पार्टीहरू मिलेर भ्रस्टचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने?”

बालेन र ओलीबीच यसअघि पनि विभिन्न विषयमा आरोप–प्रत्यारोप हुँदै आएको थियो। यसपटकको घटनाले दुई नेताबीचको सम्बन्ध पुनः सतहमा ल्याएको छ।