काठमाडौं, साउन १ – चितवनको कार्यक्रममा “अब म रिटायर्ड हुन लाग्या छु” भन्ने देउवाको अभिव्यक्तिपछि नेपाली कांग्रेसभित्र चर्चा चर्किएको छ। उनले पार्टी छोड्नुअघि कांग्रेसलाई एकढिक्का बनाउने चाहना व्यक्त गरे पनि उनका पछिल्ला गतिविधिले अझै पनि सक्रिय राजनीतिमा रहने संकेत देखिन्छ।
महामन्त्री विश्वप्रकाश शर्माले सभापतिलाई सम्मानजनक अवकाशको सुझाव दिए पन देउवाले “के गर्छु भन्ने मेरो कुरा हो” भन्दै जवाफ फर्काए।
भित्रभित्रै देउवा एमालेसँग गठबन्धन गर्दै आगामी निर्वाचनमा पुनः प्रधानमन्त्री बन्ने तयारीमा रहेको चर्चा छ। महाधिवेशन चुनावपछि गराउने उनको सोच रहेको पनि नेताहरू बताउँछन्।
यद्यपि, देउवाले पार्टीलाई एक बनाउने लक्ष्य र राजनीतिक सन्तुलन दुवैसँगै अघि बढिरहेका छन्। उनको कथनले कांग्रेसमा शक्ति सन्तुलन र भविष्यको नेतृत्वबारे नयाँ बहस जन्माएको छ।