काठमाडौं, पुस २९ – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया आज राति ९ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि मतदान, मतगणना र अन्तिम परिणाम घोषणासम्मको सम्पूर्ण निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
राजधानीमा आइतबारदेखि जारी विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व चयन गर्न लागिएको हो। तर, यस विशेष महाधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षले औपचारिक रूपमा स्वीकार नगरेको अवस्था रहेको छ।
निर्वाचन समितिका अनुसार तोकिएको कार्यतालिका अनुसार मतदान सम्पन्न भएपछि क्रमशः मतगणना प्रक्रिया अघि बढाइनेछ र त्यसपछि नतिजा सार्वजनिक गरिनेछ।
