बालेन शाहले पार्टी कार्यालयमा पाए आफ्नै कार्यकक्ष


बालेन शाहले पार्टी कार्यालयमा पाए आफ्नै कार्यकक्ष
  • नवकिरण
  • माघ ४, २०८२

काठमाडौं, माघ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज औपचारिक रूपमा पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन्।

रास्वपासँग एकता गरेको २१ दिनपछि पार्टी कार्यालय पुग्नु बालेनको पहिलो औपचारिक उपस्थिती हो। वनस्थलीस्थित घण्टीघरमा बालेनको कार्यकक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ र पार्टीसँगको सम्बन्ध मजबुत बनाउन उनी सक्रिय बन्ने अपेक्षा गरिएको छ।

पार्टी स्रोतका अनुसार, बालेनको उपस्थितिले पार्टीभित्रको कामकाजलाई गति दिने विश्वास गरिएको छ।