काठमाडौँमा प्रवेश गर्‍यो श्रम संस्कृति पार्टीको श्रमदान अभियान


काठमाडौँमा प्रवेश गर्‍यो श्रम संस्कृति पार्टीको श्रमदान अभियान
  • नवकिरण
  • माघ १८, २०८२

काठमाडौं, माघ १८ – धरानबाट सुरु भएको श्रमदान अभियान अब काठमाडौँसम्म आइपुगेको छ। हर्क साम्पाङको नेतृत्वमा अघि बढाइएको यस अभियानअन्तर्गत श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौँ–४ भित्र पर्ने धोबीखोलामा सरसफाइ गरेका छन्।

सरसफाइ कार्यक्रममा पार्टीका नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार डा. वरुण अमात्य र स्थानीय बासिन्दाको सक्रिय सहभागिता देखिएको छ। पार्टीले श्रमलाई प्राथमिकता दिने नीति अनुसार अभियान सञ्चालन गरिएको जनाइएको छ।

डा. अमात्यले धोबीखोलामा यसअघि देखि नै स्थानीयको पहलमा नियमित सरसफाइ हुँदै आएको जानकारी दिए। अभियान कुनै दलगत स्वार्थभन्दा बाहिर रहेर सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाइएको उनको भनाइ छ।

आगामी दिनमा पार्टी अध्यक्ष हर्क साम्पाङलाई पनि काठमाडौँको श्रमदान कार्यक्रममा सहभागी गराउने तयारी भइरहेको छ। यसैबीच, साम्पाङले आगामी निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्।