सिंहदरबारलाई नयाँ ढंगले रूपान्तरण गर्ने योजना छ : रवि लामिछाने


सिंहदरबारलाई नयाँ ढंगले रूपान्तरण गर्ने योजना छ : रवि लामिछाने
  • नवकिरण
  • फागुन ६, २०८२

काठमाडौं, फागुन ६ – रवि लामिछानेले सिंहदरबारलाई यथास्थितिमा राख्ने होइन, परिवर्तनसहित अघि बढाउने योजना आफ्नो पार्टीसँग रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुराना राजनीतिक दलको पछि नलाग्न मतदातालाई आग्रह गरे।

उनले आफू साना–साना विषयमा अल्झिन नभई मुलुकका आधारभूत समस्या समाधान गर्ने उद्देश्यका साथ राजनीतिमा आएको स्पष्ट पारे। ‘हामी खुद्रा विषयमा बहस गर्न होइन, देश परिवर्तन गर्ने एजेन्डासहित आएका हौं,’ उनले भने।

सिंहदरबार जलाउने भन्ने आरोपप्रति संकेत गर्दै उनले त्यस्तो सोच आफ्नो नभएको जिकिर गरे। ‘सिंहदरबार भत्काउने होइन, बनाउने र अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो,’ उनले जोड दिए।