काठमाडौँ, चैत १४ – नेपाली कांग्रेस ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा हालै निर्वाचित आफ्ना सांसदहरूका लागि संसदीय सचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी रहेको जनाइएको छ।
उक्त कार्यक्रममा पार्टीका सभापति गगन थापा सहित उपसभापति तथा महामन्त्रीहरूको उपस्थिति रहेको छ। नव निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, विधायन प्रक्रिया तथा पार्टीको भावी रणनीतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।
पार्टी स्रोतका अनुसार, नयाँ सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने लक्ष्यसहित यस्तो सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। यसले संसदीय कार्यशैली बुझ्न र समन्वय बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
