काठमाडौंको दरबारमार्ग क्षेत्रमा असार २४ गतेसम्म निषेधाज्ञा


काठमाडौंको दरबारमार्ग क्षेत्रमा असार २४ गतेसम्म निषेधाज्ञा
  • नवकिरण
  • जेष्ठ १६, २०८२

काठमाडौं, जेठ १६ – काठमाडौंको दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ १७ गतेदेखि असार २४ गतेसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्मको क्षेत्र पनि निषेधित क्षेत्रअन्तर्गत पर्नेछ।

प्रशासनले निषेधित क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने जनाएको छ। सुरक्षा अवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाइएको छ।