काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ, दमन र भ्रष्टाचारको छानबिन


काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ, दमन र भ्रष्टाचारको छानबिन
  • नवकिरण
  • चैत्र १७, २०८२

काठमाडौं, चैत १७ – काठमाडौंका पूर्व सीडीओ छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजालमाथि भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा अत्यधिक बल प्रयोग गर्दै दमन गरेको आरोप छ। सो समयमा उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए।

उक्त घटनापछि उनको भूमिकामाथि प्रश्न उठेपछि उनी छोटो समयमै पदबाट हटाइएका थिए। उनी तत्कालीन गृहमन्त्री रमेश लेखकसँग निकट रहेको बताइन्छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेपछि यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरिसकिएको छ।

यसैबीच, रिजालमाथि गृह मन्त्रालयमा रहँदा कर्मचारी सरुवा र अन्य गतिविधिमा अनियमितता गरेको आरोपमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।