रौतहट, वैशाख ३१ – नेपाली युवतीलाई दिल्लीस्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ।
बारा सिम्रौनगढ नगरपालिका–१० का २५ वर्षीय सुरज गुप्ताले अमृतगन्जकी २० वर्षीया विवाहित युवतीलाई विभिन्न प्रलोभन देखाएर लैजान लागेका थिए।
भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाको जमुनिया क्षेत्रमा एसएसबी टोलीले उनीहरूलाई गएराति नियन्त्रणमा लिएको हो।
कडाईका साथ सोधपुछ गर्दा गुप्ताले युवतीलाई दिल्लीस्थित आफ्नी सानी आमाले सञ्चालन गरेको वेश्यालयमा लैजान लागेको स्वीकार गरेका छन्।
घटनाको पुष्टि गर्दै रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले दुवैजनालाई थप अनुसन्धानका लागि बारा प्रहरीले जिम्मा लिएको जानकारी दिएका छन्।